गृहपृष्ठ विप्लव समूहका मकवानपुर इञ्चार्ज घलान पक्राउ
विप्लव समूहका मकवानपुर इञ्चार्ज घलान पक्राउ
नेकपा माओवादी विप्लव समूहका मकवानपुर इन्चार्ज वीरबहादुर घलान (ज्वाला)सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार राति हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट पक्राउ गरेको हो । नेकपामा लामो समयदेखि लागेका ज्वालालाई पक्राउ गरिएको मकवानपुरका प्रहरीले जनाएको छ । प्रहरीले चेकिङका क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एकजनालाई नियन्त्रणमा लिएको हो ।
यसअघि विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चारजनालाई मकवानपुर प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रकाशित समय : १५:२५ बजे


















