गृहपृष्ठ मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा

मोरङका अधिकांश इँटा उद्योग भारतीय कामदारकै भरमा चलेको छ । नेपाली श्रमिकको अभावमा काँचो इँटा बनाउने, इँटा बोक्ने र भट्टामा काम गर्ने अधिकांश मजदुर भारतीय नै छन् ।

मोरङको कटहरी स्थित जयनेपाल इँटा उद्योगमा पनि सयौँ भारतीय मजदुरहरुले काम गर्दै आइरहेको पाइएको छ । सो इँटा भट्टामा भारत पश्चिम बंगालका एक सय बढी कामदारले काम गर्दै आइरहेको उद्योगका व्यवस्थापक यामकुमार श्रेष्ठले जानकारी दिए । उनले इँटा उद्योगमा सिजनका हिसाबले भारतीय कामदारहरु आउने गरेको र एक सिजनमा उनीहरुले राम्रै आम्दानी गरेर स्वेदेश फर्कने गरेको बताए । उनले भने ‘यहाँ सिजन सिजनमा भारतीय कामदारबाटै काम चलाउनुपरेको छ । कमाई पनि राम्रै गरेर घर फकन्छन् ।’

श्रेष्ठले भारतीय कामदारले ठूलो रकम लैजाने भए पनि स्वदेशमा कामदार नपाइने गरेको बताए । व्यवस्थापक श्रेष्ठले नेपालमा कामदार नपाइने र नेपालीले इँटा उद्योगमा काम गर्न नचाहने गरेकाले भारतीय कामदारको भरमा स्वदेशी इँटा उद्योग सञ्चालन भइरहेको बताए । ‘नेपालमा कामदार पाइदैन ।’ उनले भने ‘नेपालीलाई यो काममा रुची छैन । त्यसैले सवै इटा भट्टा भारतीय कामदारकै भरमा चलेका छन् ।’

भारत पश्चिम बंगालस्थित कुशबिहारबाट काम गर्न आएका मो. शमशेरले भारतमा इँटा उद्योगको संख्या कम भएको र नेपालमा जहिल्यै कामदारको अभाव हुने गरेकाले सहज रोजगारी पाएने हुँदा काम गर्न नेपाल आएको बताए । उनले भने ‘यहाँ जहिल्यै कामदार चाही रहेको हुन्छ, सजिलै सँग काम र दाम दुवै पाइन्छ । भारतमा प्रसस्त इट्टा भट्टा छैनन् । त्यसैले हामी परिवार सहित नेपाल काम गर्न आउँछौँ । हामीलाई सरदारले ल्याउने गरेको छ ।’

उद्योगले नेपाली कमदारलाई दक्ष बनाउन र यस तर्फ आकर्षित गरि इँटा उद्योगको कामदार अभाव पूर्ति गर्न तिनै तहका सरकारको ध्यान जान नसकेको गुनासो समेत गरेका छन् ।

प्रकाशित समय : १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु