गृहपृष्ठ सिंगारपुरविरुद्ध नेपाल ब्याटिङमा

सिंगारपुरविरुद्ध नेपाल ब्याटिङमा

सिंगारपुरविरुद्ध नेपाल ब्याटिङमा

आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सेलंगोर टर्फ क्लबमा नेपाली समयअनुसार बिहान सात बजेर ४५ मिनेटमा नेपालको खेल सुरु भएको हो । पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । आठौं पटक विश्वकप खेल्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली सिंगापुरलाई हराएर सुखद सुरुवात गर्ने दाउमा छ ।

प्रतियोगिताको पहिलो दिन नै आयोजक मलेसियाले यूएईसँग प्रतिस्पर्धा गर्दा शुक्रबार नै कुबेतले ओमानसँग खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल यूएईविरुद्ध र तेस्रो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । चौथो खेलमा ओमान र पाँचौ खेलमा कुबेतविरुद्ध खेल्नेछ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु