गृहपृष्ठ ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नुवाकोटको बट्टारमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
काठमाण्डौ–त्रिशूली खण्ड अन्तर्गत बट्टारमा शुक्रबार बिहान ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई बा ५ ख २८९८ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ बट्टारका २५ वर्षीय दीवाकर खनालको मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि बसेका २४ वर्षिय मुन्ना गुप्ता घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।
प्रकाशित समय : १६:५८ बजे


















