गृहपृष्ठ स्काईवर्थको नयाँ वर्षको अवसरमा बम्पर छुट अफर

स्काईवर्थको नयाँ वर्षको अवसरमा बम्पर छुट अफर

स्काईवर्थको नयाँ वर्षको अवसरमा बम्पर छुट अफर

केएल दुगढ ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट एपलायन्सेस्ले स्काइवर्थ ग्राण्ड ७६ स्किम ल्याएको छ । नयाँ वर्ष २०७६ को अवसर पारेर स्काईवर्थले एआई टिभी, एन्ड्रोईड टिभी, एन्ड्रोईड स्मार्ट टिभी र एलईडी टिभीमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । स्काईवर्थका टिभीहरु २४ इन्चदेखि ६५ इन्चसम्मको स्क्रीनमा उपलब्ध छन् ।
स्मार्ट एपलायन्सेस्ले गुगल एन्ड्रोईड टिभीको नविनतम एन्ड्रोईड ओरियो ८.१ सिस्टम प्रदान गर्दछ । यस टिभीमा गुगल एसिस्टेन्ट र क्रोमकास्ट छ । यसले प्रयोगकर्ताको आवाजलाई स्मार्ट एन्ड्रोईड रिमोटको माध्यमबाट नियन्त्रण गर्नुका साथै एन्ड्रोईड स्मार्टफोनलाई टिभीसँग सिङ्गक्रोनाइज गर्छ । यस टिभीमा भएको इन–बियुल्ट प्ले स्टोर एपले टिभीमै आफ्नो रोजाइका एप डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित समय : २२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु