गृहपृष्ठ बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ
बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ
पोखरामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ का २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगर बस्ने २५ वर्षीय लक्ष्मण चौधरी छन् । उनीहरुले पोखरा–११ रानिपौवा बस्ने धादिङ मलेखुकी १२ वर्षीया बालिकालाई महेन्द्रपुलस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २०:३१ बजे



















