global ime bank Long Banner Ad

गृहपृष्ठ आयल निगमलाई विद्यार्थीको एक हप्ते अल्टिमेटम

आयल निगमलाई विद्यार्थीको एक हप्ते अल्टिमेटम

आयल निगमलाई विद्यार्थीको एक हप्ते अल्टिमेटम

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न नेपाल आयल निगमलाई एक हप्ते अल्टिमेटम दिएको छ ।

सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन विगतमा भएका सहमति कार्यान्वयन गर्न एकहप्ते अल्टिमेटम सहितको पत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाइएको छ । एक हप्ता भित्र पनि सो माग पूरा नभए कडा आन्दोलनमा जाने अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको ध्यानाकर्षण गराइएको छ । निगमले भने तत्काल सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन नसकिने जनाएको छ ।

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु