global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्स्योरेन्स र नबिल बैंकबीच बिमा सेवा सम्झौता

नेपाल इन्स्योरेन्स र नबिल बैंकबीच बिमा सेवा सम्झौता

नेपाल इन्स्योरेन्स र नबिल बैंकबीच बिमा सेवा सम्झौता

नबिल बैंक र नेपालकै पुरानो बिमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा नबिल बैंकका रिटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकले नेपाल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा प्राप्त गर्नेछन् । नेपाल इन्स्योरेन्सका देशभर ५१ शाखा छन् । ७३ शाखा कार्यालय रहेको नबिल बैंकसँग बिमा सेवा सम्झौता गरेपछि ग्राहकलाई नेपाल इन्स्योरेन्सको सेवा लिन थप सहज हुनेछ ।

प्रकाशित समय : २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु