global ime bank Long Banner Ad

गृहपृष्ठ संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिँदै

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिँदै

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिँदै

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अफराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिको करिब एक घण्टा सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठनपछि दोस्रोपटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । नीति तथा कार्यक्रममकै आधारमा सरकारले नयाँ आर्थिको वर्षका् बजेट तयार पार्नेछ ।

गत वर्ष नीति तथा कार्यक्रम सार्जजनिक हुनुअघि नै संसदमा प्रि–बजेट छलफल भएको थियो । यसपाली भने सरकारले पुरानो चलनलाई निरन्तरता दिएन ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले नीति तथा कार्यक्रमअघि प्रि–बजेट छलफल नगराई सरकारले संसद् छल्न खोजेको आरोप लगाएको छ ।

नीति तथा कार्यक्रम पारित भएपछि मात्र प्रि बजेटमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । आगामी २४ गतेसम्म नीति तथा कार्यक्रम संसद्बाट पारित हुने सचिवालयको विश्वास छ ।

प्रकाशित समय : १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु