global ime bank Long Banner Ad

गृहपृष्ठ भारतमा चक्रवात आँधी फानीको आतंक, १० लाखलाई सुरक्षित स्थानमा सारिँदै

भारतमा चक्रवात आँधी फानीको आतंक, १० लाखलाई सुरक्षित स्थानमा सारिँदै

भारतमा चक्रवात आँधी फानीको आतंक, १० लाखलाई सुरक्षित स्थानमा सारिँदै

बंगालको खाडीमा बनेको चक्रवाती आँधी फानी अब केही घण्टामै उडिसाको तटवर्ती क्षेत्रमा ठोक्किने भएको छ ।

उडिसामा तुफानको असर सुरु भइसकेको छ । त्यहाँ वर्षा वर्षा भइरहेको जनाइएको छ । समुद्री तटीय क्षेत्रबाट करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१ लाख जनाले भने घर छोडेर जान नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नौसेना र कोस्ट गार्ड तथा अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको भारत केन्द्र सरकारले जनाएको छ । आँधी २ सय किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढिरहको बताइएको छ ।

आँधीबाट समुन्द्रमा करिब डेढ मिटर उचाईको लहर उठ्न सक्नेछ । सामान्य अवस्थामा हावाको वेग १० देखी १९ किलोमिटर प्रतिघण्टा हुने मौसमविदको भनाइ छ ।

तटमा ठोक्किएपछि फानी पश्चिम बंगाल हुँदै बंगलादेशसम्म पुग्ने भारतीय मौसम विभागले जनाएको छ । फानीका कारण विजुली, पानी तथा सञ्चार सम्पर्क बन्द हुने खतरा छ ।

प्रकाशित समय : १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु