गृहपृष्ठ नवलपरासीमा हावाहुरीसहित वर्षा, विद्यालय बन्द
नवलपरासीमा हावाहुरीसहित वर्षा, विद्यालय बन्द
हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द भएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई ध्यान दिँदै आजका लागि विद्यालय बन्द गरिएको हो ।
कावासोती नगरपालिकाका सबै विद्यालय बन्द छन् । हावाहुरी र वर्षाले पठनपाठ हुन नसक्ने देखेपछि स्थानीय विदाबाट कट्टी हुने गरी कावासोतीका विद्यालय सन्चालन नहुने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमापनि विद्यालय बन्द गरिएको छ । कावासोतीमा बिहानैदेखि हावाहुरीसहित वर्षा भइरहेको छ ।
प्रकाशित समय : १६:४० बजे



















