global ime bank Long Banner Ad

गृहपृष्ठ समुद्री आँधी ‘फानी’ को नेपालमा पनि प्रभाव, हावाहुरी र मेघ गर्जनसहित वर्षा

समुद्री आँधी ‘फानी’ को नेपालमा पनि प्रभाव, हावाहुरी र मेघ गर्जनसहित वर्षा

समुद्री आँधी ‘फानी’ को नेपालमा पनि प्रभाव, हावाहुरी र मेघ गर्जनसहित वर्षा

समुद्री आँधी फानीको नेपालमा पनि प्रभाव पर्न सुरु भएको छ । बिहानभर नवलपरासी, कपिलवस्तु, दाङ लगायतका पश्चिमी जिल्लामा हावाहुरी र मेघ गर्जनसहितको वर्ष भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव मध्यपश्चिमतर्फ अघि बढिरहेको छ । काठमाडौंसहितका जिल्लामा हावाहुरी र मेघ गर्जनसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतर्फ जाँदा केही कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने चेतावनी दिएको छ ।

फानीको प्रभावका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुने महाशाखाको अनुमान छ । हिमाली जिल्लामा हिमपात हुने सम्भावना पनि महाशाखाले गरेको छ ।

देशको पश्चिमी क्षेत्रमा आज केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिन्छ । हावाहुरीसहित वर्षा भएपछि नवलपरासीका अधिकांश शैक्षिक संस्था बन्द गरिएको छ ।

भोली पनि देशको पूवी भुवागमा पूर्ण बदली हुने र पश्चिममा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको छ । पूर्वी, मध्य र पश्चिमका भूभागमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । पूर्वका केही स्थानमा भारी वर्षको सम्भावना भएको महाशाखाले जनाएको छ ।

यसैबीच मौसम प्रतिकूलताका कारण अधिकांश आन्तरिक उडान रद्द भएका छन् । धनगढी, पोखरा, सुर्खेत र नेपालगन्ज सबै उडान रद्द गरिएको छ । त्रिभुवन विमानस्थल पुगेका यात्रु उडान रद्द भएसँगै अलपत्र परेका छन् ।

आइतबारदेखि देशभरको मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु