काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वकप क्रिकेट : मालिंगा र प्रदीप चम्किदा श्रीलंकाको पहिलो जित

11.55K
shares

एक दिवसीय विश्वकपमा श्रीलंकाले पहिलो जित निकालेको छ ।

मंगलबार राति वर्षाले प्रभावित खेलमा अफगानिस्तालाई ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा १ सय ५२ रनमा समेटियो ।

नजीबुल्लाह जादरानले ४३ रनको योगदान दिए पनि हार टार्न सकेनन् । ओपनर मोहम्मद शहजादले मात्र सात रन जोडे । रामत शाह २ रनमा आउट भए । हज्रतुल्लाह जजाईले ३० रनको योगदान दिए । हशमतुल्ला शाहिदी ४ र मोहम्मद नाबीले ११ रन मात्र जोडे ।

नजीबुल्लाह जदरान र कप्तान गुलबद्दीन नाईबले छैटौं विकेटका लागि ६४ रनको साझेदारी गर्दै इनिङ उकासे पनि जितका लागि पर्याप्त भएन । नाईबले २३ रन जोडे । राशिद खान २ रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट भए । दवालत दजरान र हमिद हसनले समान ६–६ रन बनाए ।

श्रीलंकाका लागि नुवान प्रदीपले ९ ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ४ विकेट लिए । लाथिस मालिंगाले ६.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । तिसेरा परेरा र इसुरु उडानाले समान १–१ विकेट हात पारे ।