काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेटवर्किङ व्यवसायका लागि नेपाल आएका ८ भारतीय पक्राउ

14.34K
shares

अवैध नेटवर्किङ व्यवसाय सञ्चालनका लागि नेपाल आएका ८ भारतीय नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार दिउँसो बबरमहल र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उतरप्रदेश प्रतापगढका ३० वर्षीय महोमद जिया, उत्तरप्रदेशकै ३५ वर्षीय नितिन श्रीवास्वत, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराजका ३२ वर्षीय अटल त्रिपाठी, उत्तरप्रदेशका ३० वर्षीय महोमद सेयाफ, कुशीनगरका २९ वषीर्बय मरुलएन वारसी, उत्तरप्रदेशका ३२ वर्षीय तेजनारायण शुक्ला र प्रयागराजका ४० वर्षीय राजेशकुमार शुक्ला छन् ।

२ जनालनई बबरमहलबाट ६ जनालाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।