global ime bank Long Banner Ad

गृहपृष्ठ अक्सिजनको कमी हुँदा हाइड्रोपावरको सुरुङभित्र फसे ४ मजदुर, उद्धारकर्मी नै बेहाेस

अक्सिजनको कमी हुँदा हाइड्रोपावरको सुरुङभित्र फसे ४ मजदुर, उद्धारकर्मी नै बेहाेस

अक्सिजनको कमी हुँदा हाइड्रोपावरको सुरुङभित्र फसे ४ मजदुर, उद्धारकर्मी नै बेहाेस

बझाङको कालंगा हाइड्रो पावरको सुरुङ खन्ने क्रममा अक्सिजनको कमी हुँदा ४ जना मजदुर बेपत्ता भएका छन्।

आइतबार दिउँसो करिब २ बजे जिल्लाको बुङ्गल नगरपालिका १ मा पर्ने कालंगा हाइड्रोको काम गर्ने क्रममा अक्सिजनको कमी हुँदा सुरुङभित्रै ४ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार वेपत्ता हुनेहरुमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् ।

‘आइतबार दिउँसो सुरुङभित्र छिरेका ६ जना मध्ये २ जना स्वास फेर्न गार्हो भएको भन्दै तत्कालै निस्किएका थिए भने ४ जना सम्पर्कमा नआएपछि हिजो नै उनीहरुको खोजी गरिएको हो ।’ जिल्ला प्रहरी कार्यालय बझाङका एक अधिकारीले न्युज काराेबारसँग भने, ‘हिजो राती २ बजे टोली खोजी कार्यका लागि सुरुङ भित्र पसेको थियो। उनीहरुलाई पनि स्वास फेर्न गाह्रो हुँदा बाहिर निस्केका २ जना बेहोस नै भए।’

१४ सय मिटर लामो सुरूङ भएकाे कालंगा हाइड्रोमा बेपत्ता भएकाहरूकाे खोजी कार्यका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फत् टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु