global ime bank Long Banner Ad

गृहपृष्ठ उपनिर्वाचनमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त

उपनिर्वाचनमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त

उपनिर्वाचनमा स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन स्थानीय र प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । यसका लागि स्थानीय र प्रदेश सरकारलाई पनि भूमिका दिइने उनले बताए ।

आइतबार पोखरामा कास्की क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय सरकारहरुलाई विभिन्न भूमिकाका लागि नेपाल सरकारमार्फत अनुरोध गरिने बताए । उनले भने, ‘तोकिएको मतदात केन्द्रसम्म आउने–जाने बाटो मर्मत गर्ने जिम्मा स्थानीय सरकारको हुन्छ । यसका साथै मतदातालाई मतदान गर्न प्रेरित गराउन पनि स्थानीय सरकारले सकारात्मक भूमिका खेल्नुपर्छ ।’

उपनिर्वाचनका लागि प्रमुख तयारी पुरा भएको जानकारी दिँदै उनले उत्साहका साथ मतदानमा सहभागी हुन मतदाताहरुलाई आग्रह गरे । उनले अन्य निर्वाचनभन्दा उपनिर्वाचन बढी प्रतिस्पर्धी हुने भएकाले बढी सजग हुन निर्वाचन कमिटिलाई आग्रह गरे ।

जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले कास्कीमा आयोगले दिएको निर्देशनअनुसार सबैको साथ र सहयोगले शान्तिपूर्ण रुपमा निर्वाचन गराउने तयारी भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षा जोखिमको आँकलन गरी एकीकृत कार्ययोजना बनाएरै सुरक्षा व्यवस्था मिलाइने जानकारी दिए । कास्कीमा प्रमुख निर्वाचन आयुक्त काजीबहादुर राई रहेका छन् ।

उपनिर्वाचनका लागि कास्कीमा ३२ मतदान स्थल र ८२ वटा मतदान केन्द्र रहने निर्वाचन कार्यालयका सूचना अधिकृत रुद्र न्यौपाने जानकारी दिए । कास्कीका ७१ हजार ८ सय ७१ जना मतदाताले उपनिर्वाचनमा मतदान गर्दैछन् ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु