गृहपृष्ठ जलविद्युत आयोजनाको सुरुङभित्र फसे ४ मजदुर, उद्धारमा कठिनाई
जलविद्युत आयोजनाको सुरुङभित्र फसे ४ मजदुर, उद्धारमा कठिनाई
बुङ्गल नगरपालिका-१ स्थित कालंगा जलविद्युत आयोजनाको सुरुङ भत्किँदा त्यहाँ कार्यरत ४ मजदुर बेपत्ता भएका छन् । आइतबार दिउँसो करिब ३ बजे सुरूङभित्र छिरेका ६ जनामध्ये ४ जना बेपत्ता भएका हुन् । २ मजदुर भने श्वास फेर्न गार्हो भएको भन्दै तत्कालै निस्किएका थिए।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी गणेशबहादुर बमका अनुसार बेेपत्ता हुनेहरूमा दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद र बझाङका शेरसिंह धामी रहेका छन् । सुरक्षाकर्मी र स्थानीयवासीले उद्धारको प्रयास गरिरहेको डीएसपी बमले बताए । ‘हामी रातभर खट्याैँ तर केही पत्ता लागेन । त्यसैले काठमाडौंबाट उद्धार टोली मगाइएको छ,’ डिएसपी बमले भने ।
७५ मेगावाट क्षमताको साे आयोजनाको उक्त सुरुङ ३ सय मिटर लामो छ।
प्रकाशित समय : १७:४७ बजे

















