गृहपृष्ठ प्रदेश प्रमुखबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु
प्रदेश प्रमुखबारे छलफल गर्न नेकपा सचिवालय बैठक सुरु
सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे छलफल गर्न नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे छ । बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगाे लगाई सरकारलाई सिफारिस गर्ने बताइएकाे छ ।
नेकपा नेताहरुका अनुसार सचिवालय बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे आजै टुंगो लगाइने तयारी छ ।
शेरबहादुर देउवाको प्रधानमन्त्री कालमा नियुक्त भएका सातै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरुको नियुक्ति र बर्खास्तगी सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
प्रकाशित समय : १८:३५ बजे



















