global ime bank Long Banner Ad

गृहपृष्ठ बडी बिल्डरको ५ सदस्यीय टोली दुबई जाँदै

बडी बिल्डरको ५ सदस्यीय टोली दुबई जाँदै

बडी बिल्डरको ५ सदस्यीय टोली दुबई जाँदै

शारीरिक सुगठन खेलको विश्वभर जति चर्चा र आकर्षण छ, नेपालमा भने त्यति चासो दिएको पाईंदैन । तर, यही खेलका खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक जित्दै नेपाललाई विश्वसामु चिनाइरहेका छन् ।

शारीरिक सुगठनमार्फत नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीमध्ये एक हुन्, झापा बिर्तामोडका राम दाहाल । उनी नोभेम्बर ६ देखि १० सम्म संयुक्त अरब इमिरेट्स (यूएई)को फुजेरा सिटीमा हुने ‘वर्ल्ड वडी विल्डिङ च्याम्पियनशीप’मा नेपालको तर्फबाट ६० केजी तौल समूहमा सहभागी गर्दैैछन् ।

उनीसँगै अन्य चार खेलाडीसमेत सो प्रतियोगितामा भाग लिन सोमबार दुबई प्रस्थान गर्दैछन् । खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएका दाहालले यसअघि नवौँ साफ गेममा ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । हालै चीनमा भएको एसियन गेममा उनले चौथो स्थान हासिल गरेका थिए ।

‘नेपाल क्लासिक’को विजेता तथा ‘रेन्बो क्लसिक’मा गोल्ड मेडल हात पारेका दाहाल १५औँ धर्मश्री राष्ट्रिय खुला शारीरिक सुगठनमा पनि ६५ केजी तौल समूहका विजेता हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई खेलको माध्यमबाट आफू र देशलाई विश्वसामु चिनाएका दाहालले दुबईको प्रतियोगिताबाट सोही अपेक्षा राखेका छन् ।

दुबईको प्रतियोगितामा नेपालसहित ९० मुलुकका खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ । दाहाललाई बिर्तामोड उद्योग वाणिज्य संघले कार्यक्रम आयोजना गरी बिदाई गरेको छ ।

सन् २०१३ मा हङकङमा भएको एसियन खेलकुद प्रतियोगितामा शारीरिक सुगठनको ६० केजी तौल समूहमा रजत पदक जितेर उनले अन्तर्राष्ट्रिय खेलको सुरुआत गरेका थिए । दाहाल सन् २०१५ र २०१८ मा भएको साफ खेलकुदमा ६० केजी तौल समूहमा स्वर्ण पदक विजेता हुन् ।

प्रकाशित समय : १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु