global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपाले सिफारिस गर्‍यो ७ वटै प्रदेश प्रमुखको नाम

नेकपाले सिफारिस गर्‍यो ७ वटै प्रदेश प्रमुखको नाम

नेकपाले सिफारिस गर्‍यो ७ वटै प्रदेश प्रमुखको नाम

सोमबार दिउँसो बसेकाे नेकपाकाे सचिवालय बैठकले प्रदेश प्रमुखहरूकाे नाम टुंगो लगाएकाे छ ।  बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको नेकपा महासचिव एवं प्रवक्ता विष्णु पाैडेलले बताए ।

पौडेलका अनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा) गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) लाई प्रदेश प्रमुख नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएकाे हाे । कसलाई कुन प्रदेश प्रमुखको जिम्मेवारी दिने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले टुंगो लगाउने पाैडलेले बताए ।

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु