गृहपृष्ठ सुकुटे बस दुर्घटना : मृत्यु हुनेको शोकमा सार्वजनिक विदा
सुकुटे बस दुर्घटना : मृत्यु हुनेको शोकमा सार्वजनिक विदा
सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार दोलखाको शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ ।
गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको छ । शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन् ।’
प्रकाशित समय : १९:५६ बजे




















