काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

364
shares

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएको छन ।

पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएको छन् ।

विसं २०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आएको छन् ।

वर्षभरिको तलबभत्ता जम्मा गरेर दसैँका बेला वितरण गर्ने उनले आइतबार घटस्थापनाको अवसर पारेर वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्याक्तिलाई जनही एक हजार ५०० का दरले वितरण गरे ।

“हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छाँै”, स्थानीय लीला लामिछानेले भने, “अध्यक्षले हरेक वर्ष दसैँमा यसरी नै सहयोग गर्दै आएको छन् ।”

स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय तुलसी बोहराले भने, “ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्े ।”

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उनले बताए ।

वडाअध्यक्ष कुवँरले राज्य सङ्कटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताए । “जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो”, अध्यक्ष कुवँरले भने, “२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु ।”