काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल

598
shares

महोत्तरी। चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि । नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ । महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ ।

आज शारदीय नवरात्र ९दशहरा०को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून मिथिला क्षेत्रमा बज्न थालेका छन् । मैथिल जनबोलीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिला क्षेत्रमा देवी दुर्गाका महिमा गानका भजन गुञ्जन थालेका छन् ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । वर्षमा दुई नवरात्रको परम्परा भए पनि मिथिला क्षेत्रमा ‘दशहरा’ शारदीय नवरात्रलाई नै भनिने गरिएको मैथिली संस्कृतिविद् जलेश्वर–५ पतैलीका बासिन्दा अवकासप्राप्त सहप्राध्यापक ध्रुव राय बताउछन् ।

शारदीय नवरात्रको पहिलो दिन आज आइतबार मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्राको तयारी छ । कन्या कुमारीहरू (अविवाहित किशोरी)ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ औरही–७ भोइलस्थित सोनासती ९सोनामाई० स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी र लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलशयात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् । सामान्यतया नवरात्र प्रतिपदादेखि नवमीसम्म नौ दिन हुने भए पनि यसपालि तिथिको घटबढले १० दिनको छ । आज सुरु नवरात्र आउने कात्तिक ३ गते मङ्गलबारसम्म रहने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चा¬ङ्गमा उल्लेख छ । मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गकै आधारमा चाडपर्व, लग्न र मुहूर्त पहिल्याउने चलन छ ।

यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरा राखिने छ । महोत्तरीमा नवरात्रको दुर्गामेला ४० ठाउँमा आयोजित छन् । जसमा सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका विशेष मानिन्छन् ।

पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरी जिल्लाका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको)र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् ।

मैथिल हिन्दू परम्परामा घरघरै देवी दुर्गाको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशहरा प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् ।

दशहरा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्तीबस्तीमा देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमय रूपमा ‘दुर्गा मेला’को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको आराधना क्रमशः प्रतिपदा (घटस्थापना)का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ ।

पर्वका अवसरमा महोत्तरीमा सुरक्षा प्रबन्धका लागि जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएको छन्
असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्वअवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गरेको देवीभागवतमा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने र सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत हुइने हिन्दू मैथिल जनविश्वास छ ।