NEPSE Bulls को पुनःआगमन, १० वर्ष पुरानो Rare Malt सहित
वि.सं.२०८३ असोज १५ बिहीवार १४:४०
shares

सारांश
- सागर डिस्टिलरीले परिचित ब्रान्ड NEPSE Bulls लाई नयाँ अवधारणासहित पुनः बजारमा ल्याउने भएको छ।
- NEPSE Bulls मा स्कटल्यान्डका Highland र Speyside क्षेत्रका १० वर्ष पुराना Rare Malt प्रयोग गरिएको कम्पनीले जनाएको छ।
- बदलिँदो नेपाली उपभोक्ताको रुचिलाई ध्यानमा राख्दै Rare Malt को विशेषता र कथासहित ब्रान्ड पुनः प्रस्तुत गरिएको हो।
काठमाडौं । सागर डिस्टिलरीले आफ्नो परिचित ब्रान्ड NEPSE Bulls लाई नयाँ स्वरूप र अवधारणासहित पुनः बजारमा ल्याउने भएको छ। कम्पनीले स्कटल्यान्डको Rare Malt परम्परालाई आधार बनाउँदै ‘A Fine Expression of Scottish Rare Malt’ अवधारणासहित ब्रान्डलाई पुनः प्रस्तुत गर्न लागेको जनाएको छ।
कम्पनीका अनुसार NEPSE Bulls मा स्कटल्यान्डका Highland र Speyside क्षेत्रका विभिन्न Malt Whisky को मिश्रणबाट तयार गरिएको १० वर्ष पुरानो Rare Malt प्रयोग गरिएको छ। उक्त मिश्रणमा हाल अस्तित्वमा नरहेको एउटा डिस्टिलरीको व्हिस्कीसमेत समावेश रहेको कम्पनीले जनाएको छ।
Rare Malt व्हिस्कीको कुनै कानुनी श्रेणी नभए पनि यसको प्रयोग लामो समयदेखि असाधारण स्वाद, विशिष्ट चरित्र र सीमित उपलब्धतासँग जोडिँदै आएको छ। यसको पहिचानमा व्हिस्कीको उत्पत्ति, चरित्र र दुर्लभतालाई महत्वपूर्ण मानिन्छ।
सागर डिस्टिलरीले NEPSE Bulls मा प्रयोग गरिएको Rare Malt सीमित मात्रामा उपलब्ध रहेको जनाएको छ। उपलब्ध केही हजार लिटरमध्ये सानो हिस्सा मात्र NEPSE Bulls उत्पादनमा प्रयोग गरिएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार नेपाली उपभोक्ताको व्हिस्कीप्रतिको रुचि र बुझाइ पछिल्लो समय परिवर्तन हुँदै गएको छ। अन्तर्राष्ट्रिय बजार र नयाँ स्वादसँग परिचित नेपाली उपभोक्ताले अब केवल मूल्य वा ब्रान्डभन्दा पनि उत्पादनको उत्पत्ति, बनाउने प्रक्रिया र त्यससँग जोडिएको कथालाई समेत महत्व दिन थालेका छन्।
यही बदलिँदो उपभोक्ता रुचिलाई ध्यानमा राख्दै पुरानो नाम NEPSE Bulls लाई नै नयाँ अवधारणासहित पुनः बजारमा ल्याइएको सागर डिस्टिलरीले जनाएको छ।
कम्पनीले नयाँ उत्पादनमार्फत नेपाली व्हिस्की पारखीलाई Rare Malt को विशेषता र त्यससँग जोडिएको अनुभवसँग परिचित गराउने उद्देश्य राखेको जनाएको छ।

























