काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेस १५औँ महाधिवेशन : आजदेखि बन्दसत्र, असोज २२ मा मतदान

403
shares

ai logo सारांश

  • नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ।
  • प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रअघि आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ।
  • बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन पेस हुनेछन् भने केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि आजैदेखि सुरु हुँदैछ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रअघि आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ। केन्द्रीय कार्यसमितिमा प्रतिवेदनमाथि छलफल भएपछि बन्दसत्र सुरु गर्ने तयारी छ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधनसम्बन्धी प्रस्ताव तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। प्रतिनिधिलाई तीन समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गराइनेछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनको विस्तृत कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

त्यसपछि साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोधको समय तोकिएको छ। राति ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ। सोही दिन अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबी–विरोध र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन दिनभर प्रचारप्रसार गर्न पाइने निर्वाचन समितिले जनाएको छ।