काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

1.26K
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे अमेरिकाले चाँडै निर्णय लिने बताएका छन् । उनले इरानसँगको विषय ‘सजिलो वा कठिन बाटो’ मध्ये कुनै एकबाट टुंगिने संकेत गरेका छन् ।

शनिबार ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘इरानबारे मैले निर्णय गर्नेछु । इरान ध्वस्त भएको छ । अब प्रश्न यति मात्रै हो—यो सजिलो बाटो हुनेछ वा कठिन बाटो ।’

ट्रम्पले इरानसम्बन्धी आगामी कदमबारे भने थप विवरण खुलाएनन् । शुक्रबार पनि उनले आफ्नो रणनीति सार्वजनिक गर्दा ठूलो समाचार बन्ने भन्दै योजनाबारे खुलासा गर्न अस्वीकार गरेका थिए । उनले इरानको अवस्था राम्रो नरहेको दाबी गरेका थिए ।

यसअघि टेक्सासमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध ‘धेरै छिट्टै’ अन्त्य हुने बताएका थिए । युद्ध अन्त्य भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने उनको भनाइ थियो ।

ट्रम्पले इरानमा ३०१ प्रतिशत मुद्रास्फीति रहेको, आर्थिक अवस्था कमजोर भएको तथा इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनले इरानले द्वन्द्व अन्त्य गर्ने विषयमा निर्णायक विकल्प रोज्नुपर्ने बताएका छन् ।

इरानलाई आणविक क्षमता हासिल गर्नबाट रोक्नु अमेरिकी नीतिको प्रमुख प्राथमिकतामध्ये एक रहँदै आएको छ। ट्रम्पको पछिल्लो भनाइसँगै अमेरिकाले इरानविरुद्ध आगामी दिनमा कस्तो कदम चाल्छ भन्ने विषयमा चासो बढेको छ ।