गृहपृष्ठ हिमालयन बुलियन कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता
हिमालयन बुलियन कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच सम्झौता
हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकलाई उनीहरूको सदस्यता वर्गका आधारमा अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। कम्पनीले आफ्ना ग्राहकलाई तीन तहमा वर्गीकरण गरेको जनाएको छ।
कम्पनीका अनुसार सिल्भर सदस्यलाई १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यलाई ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध हुनेछ।
उक्त बीमा सुविधा आगामी बडादसैँको घटस्थापनादेखि लागू हुने कम्पनीले जनाएको छ। ग्राहकको सुरक्षालाई ध्यानमा राखेर सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सम्झौता गरिएको हिमालयन बुलियनले जनाएको छ।
गरगहनासम्बन्धी कारोबार गर्दै आएको हिमालयन बुलियनले आफ्ना ग्राहकको वर्गीकरण गरी सोहीअनुसार बीमा सुविधा उपलब्ध गराउने जनाएको छ।
प्रकाशित समय : १९:१८ बजे


















