गृहपृष्ठ शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

शार्क ट्यांक नेपालको दोस्रो सिजनका लागि ६० करोडभन्दा बढी लगानी सम्झौता

काठमाडौं । नव उद्यमीहरुलाई लगानी जुटाउने अवसर प्रदानगर्ने ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ ।

१० सातासम्म प्रसारण हुने दोस्रो सिजनको दशैं लगत्तै प्रसारण सुरु हुने भएको छ । यद्यपी हाल सम्म प्रसारणको निश्चित मिति भने तय भइसकेको छैन । हरेक साता एक–एक घण्टाका दुई एपिसोड राति ८ बजे प्रसारण हुनेछन् ।

दोस्रो सिजनमा ६० देखि ६५ जना ‘पिचर’ सहभागी भएका छन् भने छायांकन पूरा भइसकेको छ । पहिलो सिजनको तुलनामा यसपटक सहभागी व्यवसायको स्केल ६० देखि ६५ प्रतिशतले बढेको आयोजकको दाबी छ ।

दोस्रो सिजन पनि हिमालय टेलिभिजन एचडीबाटै प्रसारण हुनेछ । पहिलो सिजनका पाँचै जना शार्क—हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठ—दोस्रो सिजनमा पनि सहभागी छन् ।

आयोजकका अनुसार दोस्रो सिजनमा प्रविधि, खाद्य तथा पेय पदार्थ र कृषि व्यवसायमा उद्यमीको रुचि बढेको छ । सहभागी केही व्यवसायमा अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना देखिएको शार्कहरूले बताएका छन् । दोस्रो सिजनमा पहिलो सिजनको तुलनामा व्यवसायिक प्रस्तावहरू बढी परिपक्व र प्रमाणित रहेको आयोजकको भनाइ छ । कार्यक्रमले साना शहरका उद्यमीलाई समेत व्यवसाय विस्तार र लगानी खोज्न प्रेरित गरेको शार्कहरूको दाबी छ ।

शार्कहरूले बताएका छन् । दोस्रो सिजनमा पहिलो सिजनको तुलनामा व्यवसायिक प्रस्तावहरू बढी परिपक्व र प्रमाणित रहेको आयोजकको भनाइ छ । कार्यक्रमले साना शहरका उद्यमीलाई समेत व्यवसाय विस्तार र लगानी खोज्न प्रेरित गरेको शार्कहरूको दाबी छ ।

 

प्रकाशित समय : ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु