गृहपृष्ठ भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

भेरी नदीको बीचमा फसेका चार जनाको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं । नेपाली सेनाले जाजरकोटस्थित भेरी नदीको बीचमा फसेका चार जना स्थानीयको उद्धार गरेको छ ।

आइतबार जाजरकोटस्थित भेरी नदीमा अचानक पानीको बहाव बढ्दा नदीको बीचमा फसेका चार जना स्थानीयको सेनाले सकुशल उद्धार गरेको हो ।

भेरी नदीको बहाव अचानक बढेपछि चार जना नदीको बीचमा फसेका थिए । उनीहरूलाई तत्काल उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको थियो ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु