काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज देशभर वर्षाको सम्भावना, डडेलधुरासहित ११ सहरमा भारी वर्षाको पूर्वानुमान

1.24K
shares

काठमाडौं । शनिबार देशभर मौसम बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ ।

विशेषगरी पश्चिम तथा मध्य नेपालका मुख्य शहरहरूमा दिनभर तथा रातिको समयमा समेत भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान विवरण अनुसार डडेलधुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, पोखरा, भैरहवा तथा जोमसोम क्षेत्रमा आज दिउँसो र राति दुवै समयमा चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना शतप्रतिशत रहेको छ ।

यी क्षेत्रहरूमा अधिकतम तापक्रम ११ देखि २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ देखि २१ डिग्री सेल्सियससम्म रहने अनुमान छ ।

यसैगरी, सिमरामा दिउँसो मध्यम वर्षाको सम्भावना रहे तापनि रातिको समयमा मेघगर्जनसहित भारी वर्षा हुनसक्ने देखिएको छ । संघीय राजधानी काठमाडौंमा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

काठमाडौंको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियस रहने प्रक्षेपण गरिएको छ । यता ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर, जिरी र ताप्लेजुङ लगायतका पूर्वी तथा मध्य–पूर्वी भूभागमा भने दिउँसो र राति मध्यम वर्षाको सम्भावना ३० देखि ६० प्रतिशतसम्म रहेको छ ।

तराईका विराटनगर र जनकपुरमा अधिकतम तापक्रम क्रमशः २७–२९ र २८–३० डिग्री सेल्सियसम्म पुग्ने अनुमान गरिएको छ । विभिन्न स्थानमा चट्याङ्ग र भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।