गृहपृष्ठ त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि सडकमा बसमा आगलागी

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर एक्कासि रिद्धिसिद्धि बसमा आगो लागेको हो ।

आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन । बसबाट सल्किएको आगोको ज्वालाले सडक छेउछाउमा रहेका बिजुली तथा इन्टरनेटका तारहरूलाई भेटेको थियो।

आगलागी सुरु भएको करिब २० मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो। दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु