गृहपृष्ठ निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा

निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा

निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलरले भारतमा पायो चर्चा

काठमाडौं । अभिनेता निखिल उप्रेतीको अभिनय र निर्देशन रहेको चलिचत्र ‘आचार्य’ ले निकै ठूलो हाइप क्रियट गरेको छ । चलचित्रको ट्रिजर र ट्रेलर दुवैले युट्युबमा १० लाख भ्युज पाएको छ ।

‘आचार्य’ को ट्रेलरले २४ घन्टामै १० लाख भ्युज पाएको हो । ‘आचार्य’को ट्रेलरलाई लिएर नेपालसँगै भारतमा पनि विभिन्न कोणबाट चर्चा र समीक्षा भइरहेको छ ।

असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक ट्रेलरले भारतीय फिल्म पत्रकार, कलाकार तथा आमदर्शकको समेत ध्यान खिचेको निर्माण पक्षको भनाइ छ ।

भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’को ट्रेलरबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गरिरहेका छन् । विशेषगरी दक्षिण भारतदेखि अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ ।

भारतीय फिल्म पत्रकार तथा दर्शकको प्रतिक्रियामा नेपाली फिल्म पछिल्ला वर्षमा प्राविधिक तथा प्रस्तुतिका हिसाबले धेरै अगाडि बढेको उल्लेख गरिएको छ । उनीहरूले अब नेपाली फिल्मलाई भारतीय फिल्मको अनुकरण गर्ने उद्योगका रूपमा मात्र हेर्न नहुने र नेपाली फिल्म आफ्नै पहिचानसहित अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगेको प्रतिक्रिया दिएका छन् ।

कतिपय भारतीय समीक्षक तथा दर्शकले नेपाली फिल्म पनि बलिउड वा अन्य भारतीय फिल्मको पछाडि मात्र आउने नभई भारतीय फिल्मसँगै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्न सक्ने स्तरमा विकास भइरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’को ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको देखिन्छ ।

भारतका विभिन्न फिल्म स्टुडियो तथा प्रोडक्सन हाउसमा समेत ‘आचार्य’ र निखिल उप्रेतीबारे चर्चा भइरहेको भारतीय कलाकार रघुबाबुलगायतले बताएका छन् । उनीहरूका अनुसार नेपाली फिल्मप्रति भारतीय फिल्म क्षेत्रको चासो विस्तार हुँदै गएको छ ।

एक समय भारतमा बनेका फिल्मको प्रभावमा नेपालमा फिल्म निर्माण हुने र भारतीय फिल्मको शैलीलाई पछ्याउने प्रवृत्ति रहेको चर्चा हुने गरेको थियो । तर पछिल्लो समय नेपाली फिल्मले आफ्नै कथा, प्रस्तुति र शैली निर्माण गर्दै भारतीय फिल्मसँगै दर्शकमाझ पुग्ने प्रयास गरिरहेको भारतीय फिल्मकर्मी तथा पत्रकारहरूको प्रतिक्रियामा उल्लेख छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु