काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज शेयर बजार बन्द रहने

1.7K
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ ।

नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।

अधिकांश ब्रोकरको टीएमएस प्रभावित भएपछि अपरिहार्य परिस्थितिका कारण आजको कारोबार रोक्ने विषयमा नेप्सेले योजना बनाएको छ । डाटा हबमा नेप्सेसहित १७–१८ वटा सरकारी निकायका रेकर्डसमेत रहेको बताइएको छ ।