काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेस विभाजनको अन्तिम डिलमा पुगेको पूर्णबहादुर खड्काको दाबी

1.16K
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको गम्भीर अवस्थामा पुगेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्ने अवस्था रहेको उल्लेख गरेका हुन्।

कांग्रेसभित्र दुई पक्षले १५औँ महाधिवेशनको मिति तोकेर समानान्तर गतिविधि अघि बढाइरहेका बेला खड्काले आफू कुनै पक्षमा नखुलेको स्पष्ट पारेका छन्। उनले सम्भावित पार्टी विभाजन रोक्न आफूले अन्तिम प्रयास गरिरहेको पनि बताएका छन्।

खड्काका अनुसार आफूले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावलोकनको मागसहित निवेदन दिएका छन्। उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नभएको उनको भनाइ छ।

उनले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको महाधिवेशनमा सहभागी हुनु आफूलाई उचित नलागेको बताएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा सहभागी हुनु ‘चरम अनैतिक’ हुने आफ्नो विश्वास रहेको उनले उल्लेख गरेका छन्।