गृहपृष्ठ माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको शव निकालिएको छ ।

शुक्रबार दिउँसो १२ बजे आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्न बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा फेला परेका ६ वटा शवलाई ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शव जस्तो आकृति देखिएकाले उक्त इलाकामा खोजीकार्य भइरहेको सेनाको भनाइ छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजीकार्य जारी छ ।

प्रकाशित समय : १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु