काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई दैनिक पुरस्कारको अवसर

1.62K
shares

काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने–दिने व्यवस्था सहज बनाउन सहकार्य गरेका छन् । सहकार्यसँगै दुवै कम्पनीले इनड्राइभका चालक र यात्रुलाई लक्षित गरी तीनमहिने अभियानसमेत सुरु गरेका छन् ।

अभियानअन्तर्गत इनड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत तिर्न सक्नेछन् भने चालकले पनि राइडबाट प्राप्त भाडा खल्तीमै लिन सक्नेछन् । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने अभियानमा चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसरसमेत पाउने कम्पनीले जनाएको छ ।

अभियोजनाअन्तर्गत इनड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएपछि मात्र त्यस दिनको लक्की ड्रमा सहभागी हुन पाउनेछन् । दैनिक लक्की ड्रमार्फत १० जना चालकलाई पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कार दिइनेछ ।

त्यस्तै, इनड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत भुक्तानी गरेपछि सोही दिनको लक्की ड्रमा स्वतः सहभागी हुन पाउनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । योजनाअन्तर्गत दैनिक १० जना यात्रुले २ सय रुपैयाँ बराबरको खल्ती ब्यालेन्स पाउनेछन् ।

खल्ती र इनड्राइभबीचको सहकार्यले दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा तिर्ने र लिने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ । साथै, चालक र यात्रुलाई डिजिटल भुक्तानीको प्रयोगतर्फ आकर्षित गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यममा विस्तार गर्ने उद्देश्यले इनड्राइभसँग सहकार्य गरिएको आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए । उनका अनुसार चालक र यात्रु दुवैका लागि सहज डिजिटल भुक्तानीको वातावरण बनाउनुका साथै डिजिटल भुक्तानीलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य महत्त्वपूर्ण हुनेछ ।

‘चालक र यात्रु दुवैलाई सहज डिजिटल भुक्तानीको वातावरण बनाउने र डिजिटल भुक्तानीको प्रयोगलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य कोशेढुंगा साबित हुनेछ,’ रेग्मीले भने ।

कम्पनीका अनुसार अभियानले इनड्राइभका यात्रु र चालक दुवैका लागि भुक्तानी प्रक्रियामा सहजता ल्याउनेछ । अभियान २०८३ भदौ २५ देखि मंसिर २५ सम्म सञ्चालन हुनेछ ।