काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वदेश फर्किदै भारतीय राजदूत श्रीवास्तव, परराष्ट्र सचिव राईसँग गरे बिदाइ भेट

1.43K
shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका छन् । उमेरहदका कारण परराष्ट्र सेवाबाट अनिवार्य अवकाश हुन लागेका श्रीवास्तव बीचमै स्वदेश फर्किन लागेका हुन् ।

श्रीवास्तवले बुधबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् । सो अवसरमा परराष्ट्र सचिव राईले नेपाल(भारत सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत श्रीवास्तवले पुर्‍याएको योगदानको प्रशंसा गरे । साथै, ऊर्जा, सीमापार पूर्वाधार र जनस्तरको सम्बन्धका क्षेत्रमा हासिल भएका महत्वपूर्ण प्रगतिमा उनको सक्रिय भूमिकाको सराहना गरे।

राजदूत श्रीवास्तवले नेपालमा आफ्नो कार्यकालका क्रममा प्राप्त सम्पूर्ण सहयोग र सहकार्यका लागि नेपाल सरकार तथा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।