गृहपृष्ठ प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन

प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन

प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले चलचित्र ‘तिनीहरू’ (इलिफेन्टस अफ द फग) को प्रमोसन गरेको छ । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र अहिले दोस्रो सातामा हलमा चलिरहेको छ । चलचित्रले व्यावसायिकभन्दा पनि राम्रो समीक्षा पाएको छ ।

उनले लेखेका छन्, ‘हलमा दोस्रो हप्तामा लाग्दै छ है ।’ यो चलचित्रले ९९औँ एकेडेमी अवार्ड (अस्कर) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिस भएको छ। सोही कारण पनि प्रधानमन्त्री बालेनले चलचित्रको प्रमोसन गरेको हुनसक्ने आकलन गरिएको छ । चलचित्रलाई अविनाशविक्रम शाहले निर्देशन गरेका छन् ।

चलचित्रको कथा नेपालको तराई क्षेत्र (पर्साको ठोरी) को पृष्ठभूमिमा आधारित छ, जहाँ जंगली हात्तीहरूको आतंक छ। यसले समाजमा सीमान्तकृत अवस्थामा रहेको किन्नर (यौनिक तथा लैंगिक अल्पसङ्ख्यक) समुदायको संघर्ष, सम्बन्ध, मातृत्व र सामाजिक यथार्थलाई मार्मिक ढंगमा प्रस्तुत गरेको छ ।

चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, ज्यास्मिन विश्वकर्मा, गौरी मल्ललगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। यो चलचित्रले न्यूजील्यान्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म र अडियन्स अवार्डसमेत जितिसकेको छ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु