गृहपृष्ठ इजरायली आक्रमणबीच लेबनानी राष्ट्रपतिको नबातिह भ्रमण

इजरायली आक्रमणबीच लेबनानी राष्ट्रपतिको नबातिह भ्रमण

इजरायली आक्रमणबीच लेबनानी राष्ट्रपतिको नबातिह भ्रमण

लेबनानका राष्ट्रपति जोसेफ आउनले शनिबार देशको दक्षिणी क्षेत्रको भ्रमण गर्नुभएको छ । इजरायली सेनाले हालै कब्जा गरी ध्वस्त पारेको हिजबुल्लाहको रणनीतिक अखडानजिकै रहेको नबातिह सहरमा उनले आकस्मिक भ्रमण गरे् ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आउन सुरक्षा अधिकारीसहित कुनै पूर्वसूचना नदिई नबातिह पुगेका थिए ।

अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच अर्को साता तय गरिएको वार्ताको नयाँ चरण अक्टोबरसम्मका लागि सारिएको अमेरिकी कूटनीतिक अधिकारीले जानकारी दिएको भोलिपल्ट राष्ट्रपति आउनको भ्रमण भएको हो ।

लेबनानी सञ्चारमाध्यमले प्रसारण गरेका दृश्यमा नबातिहमा स्थानीय बासिन्दाले राष्ट्रपति आउनलाई स्वागत गरेको देखिएको छ । राष्ट्रपति आउनले स्थानीयसँग ऐक्यबद्धता जनाउँदै नबातिह सरकारी अस्पतालका कर्मचारीहरूको प्रशंसा गर्ेका थिए ।

उनले यस क्षेत्रबाट अधिकांश मानिस विस्थापित भइसके पनि आफ्नो ज्यान जोखिममा राखेर चिकित्सा सेवा प्रदान गरिरहेका अस्पतालका कर्मचारीहरूको योगदानको सराहना गरे ।

अमेरिकाको पहलमा इजरायल र लेबनानबीच भएको ढाँचा सम्झौता तथा व्यापक मध्यपूर्व युद्धको सन्दर्भमा अमेरिका र इरानबीच भएको समझदारीपछि जुनको अन्त्यदेखि गत सातासम्म इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको द्वन्द्व केही मत्थर भएको थियो ।तर पछिल्ला दिनमा इजरायली सेनाले विशेषगरी नबातिह क्षेत्रमा आफ्ना आक्रमण पुनः तीव्र बनाएको छ ।

बिहीबार इजरायली सेनाले नबातिह सहरबाट केही किलोमिटर टाढा रहेको रणनीतिक ‘अली अल–ताहेर’ डाँडामा रहेका भूमिगत संरचना कब्जा गरेपछि ध्वस्त पारेको थियो ।

विस्फोटको तीव्रता यति शक्तिशाली थियो कि त्यसबाट उत्पन्न कम्पन भूकम्प मापन गर्ने निकायले समेत महसुस गरेका थिए ।पछिल्ला केही दिनमा यस क्षेत्रमा भएका इजरायली आक्रमणमा एउटै परिवारका १२ सदस्यसहित कम्तीमा २९ जनाको मृत्यु भएको बताइएको छ ।

नबातिहमा तैनाथ लेबनानी सेनाले बुधबार चेतावनी दिँदै इजरायलका गतिविधिले दुई देशबीच भएको ढाँचा सम्झौताको कार्यान्वयनलाई जोखिममा पारेको जनाएको थियो ।

उक्त सम्झौतामा हिजबुल्लाहको निःशस्त्रीकरण, लेबनानको दक्षिणी क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ती तथा ‘पाइलट जोन’ (परीक्षण क्षेत्र) का रूपमा चिनिने क्षेत्रबाट सुरु गर्दै दक्षिणी क्षेत्रमा लेबनानी सेनाको तैनाथीलगायतका विषय समेटिएका छन् ।रासस

 

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु