काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कालिञ्चोक दर्शन लिमिटेडले साधारण सभा बोलायो

1.66K
shares

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा दिउँसो साढे ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीमा पूर्वनिर्धारित शतप्रतिशतको अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद सेयर निष्काशन तथा समायोजन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।