गृहपृष्ठ यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

यशोदा ग्रुपद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

यसैगरी, कम्पनीले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ राहतस्वरूप वितरण गरेको जनाएको छ। प्रभावित क्षेत्रका आश्रयस्थल तथा पीडित परिवारलाई सम्बन्धित निकायमार्फत चाउचाउ वितरण गरिएको कम्पनीको भनाइ छ।

आवश्यकता अनुसार थप राहत सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको यशोदा ग्रुपले जनाएको छ। विपद्को यस घडीमा प्रभावित नागरिकलाई आवश्यक अन्य सहयोगका लागि समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु