गृहपृष्ठ ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा

ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा

ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।

बैंकले असोज १६ गते, शुक्रबार, नेपाल पुलिस क्लब, भृकुटीपमण्डप, काठमाडौंमा २०औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु