गृहपृष्ठ सहिदका सपना पूरा गर्न यो सरकार पूर्ण प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

सहिदका सपना पूरा गर्न यो सरकार पूर्ण प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

सहिदका सपना पूरा गर्न यो सरकार पूर्ण प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूको सपना पूरा गर्न यो सरकार प्रतिबद्ध रहेको बताएको छन । गत वर्षको भदौ २३ गते जेनजी आन्दोलन भएको दिनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरमा आज आयोजित कार्यक्रममा उनले सुशासन कायम गर्न र भष्ट्राचार अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

गृहमन्त्री गुरुङले भन्े, “सम्पूर्ण जेनजी युवा पुस्ता ढुक्क हुनुहोस्, मुलुकमा सुशासन कायम भई भष्ट्राचार अन्त्य हुन्छ । हाम्रा माग र सपना पूरा नहुन देशमा अर्को एउटा गोली चल्नुपर्छ त्यो पनि मेरो शिरबाट ।” उनले प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेले विश्वास गरेर जेनजीको आशालाई मर्न नदिनेमा ढुक्क हुन सबैमा अनुरोध गर्े ।

मन्त्री गुरुङले आफूलाई जनताले जसरी विश्वास गरेर यहाँसम्म पुर्‍याए त्यसको सम्मान स्वरुप सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न आफूले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्े । “म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु जबसम्म मेरो यो ज्यानमा प्राण छ कुनै नेपालीलाई दुःख हुन दिने छैन”, उनले भन्े ।

युवाहरूले मुलुकमा लोकतन्त्र आइसकेपछिको अवस्थामा आफ्नो आवाज उठाउँदै गर्दा तत्कालीन सरकारले त्यसको जवाफ गोलीले दिनुपर्ने अवस्था आउनु दुःखद भएको उहाँको भनाइ छ ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन नेतृत्व गरिरहेको सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनतालाई झनझन अप्ठ्यारो पार्ने काम गरिरहेको अवस्थामा जेनजी आन्दोलन भएको बताए ।

“त्यतिबेला जनतामा एक प्रकारको आक्रोश मनमा पैदा भइरहेको थियो । हामी संसद् भवनभित्र लड्दै थियौँ । जेनजी आन्दोलनको एक मात्र एजेण्डा सुशासनको स्पष्ट सन्देश थियो”, उनले भने । युवाहरूले सुशासनको पक्षमा आवाज उठाउँदा गोली लागेर ज्यान जाने अवस्था आएको उनको भनाइ छ ।

मन्त्री गौतमले आन्दोलनमा अमर भएका सहिदको विचार युगौँयुगसम्म बाच्ने र यो स्मृति सदाको लागि रहिरहने उल्लेख गर्नुभयो । “पहिला २३ गतेको घटना भएको त्यसपछि मात्रै २४ गते भएको हो । त्यो २३ गतेको घटनामा कोही पनि युवा सत्ता पल्टाउछु भनेर सडकमा गएका थिएनन्, सुशासनको माग गरेर सडकमा गएका थिए । त्यस कारणले २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्न मिल्दैन”, उनले भन्े । उनले जेनजी युवाका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सोको कार्यान्वयनका लागि प्रयत्न गरिरहेको उल्लेख गर्े ।

कार्यक्रममा सांसदहरू सोम शर्मा, खगेन्द्र सुनार र शिव यादव, समाजका अध्यक्ष नारायण श्रेष्ठ, जेनजी नेपालका अध्यक्ष बादल राईलगायतले जेनजी आन्दोलनमा युवाले राखेका माग सुशासन कायम राख्नु र भ्रष्टाचार नियन्त्रण गर्नु रहेकाले यो माग पूरा गर्ने क्रममा सरकारसँगै सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु