गृहपृष्ठ प्रज्ञा-प्रतिष्ठानद्वारा जेनजी लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान
प्रज्ञा-प्रतिष्ठानद्वारा जेनजी लेखकलाई सिर्जनात्मक रचना उपलब्ध गराउन आह्वान
काठमाडौँ। नेपाल प्रज्ञा(प्रतिष्ठानले जेनजी पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ । प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेनजी’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले कथा, कविता र संस्मरण विधामा रचना उपलब्ध गराउन आह्वान गरिएको हो ।
सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका ९जेनजी उमेर समूहका० नेपाली नागरिकले रचना पठाउनुपर्ने प्रतिष्ठानका सचिव रोशन शेरचनले राससलाई जानकारी दिए । रचना अप्रकाशित, नेपाली भाषामा हुनुपर्ने पनि उनले बताए। उनका अनुसार कथा र संस्मरण अधिकतम् पाँच हजार शब्दसम्मको हुनुपर्नेछ ।
एक लेखकले कुनै एक विधामा एउटा मात्रै रचना पठाउनुपर्नेछ । रचना मा पठाउन सकिने प्रतिष्ठानले आज जारी गरेको सूचनामा उल्लेख छ । रचना आगामी कात्तिक ३० गतेसम्म पठाइसक्नुपर्ने सचिव शेरचनले जानकारी दिए । उहाँका अनुसार रचनासँगै लेखकको नाम, जन्ममिति खुल्ने कागजात (नागरिकताको प्रतिलिपि) सम्पर्क नम्बर, हालको ठेगाना र सङ्क्षिप्त परिचय (बढीमा १०० शब्द) अनिवार्य संलग्न गर्नुपर्नेछ ।
प्रज्ञा(प्रतिष्ठानको छनोट समितिले छनोट गरेका रचनालाई पुस्तकारका रूपमा प्रकाशन गर्नेछ । छनोट भएका रचनाका लागि नियमानुसार पारिश्रमिकको व्यवस्था पनि गरिएको प्रज्ञा–प्रतिष्ठान जनाएको छ ।
प्रकाशित समय : १८:३७ बजे


















