काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह

1.62K
shares

स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमितलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

गत असार मसान्तम्मको दाबी निवेदनहरु लामो समयसम्म फछ्र्यौट हुन बाँकी रहेको कम्पनीले जनाएको छ । ती दाबी फछ्र्यौटका लागि कम्पनीले बीमितलाई विभिन्न मितिमा पत्रमार्फत जानकारी गराइएको पनि सूचनामा उल्लेख छ ।

दाबी भुक्तानी लिन बाँकी बीमितलाई ३५ दिनभित्र आवश्यक कागजातसहित प्रधान कार्यालय जनकपुर, प्रादेशिक कार्यालय काठमाडौंको दरबारमार्ग तथा शाखा तथा उपशाखामा सम्पर्कमा आउन कम्पनीले आग्रह गरेको छ ।