गृहपृष्ठ पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको उनले बताए। पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।
प्रकाशित समय : ०८:१७ बजे


















