काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

1.45K
shares

काठमाडौं । पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । काठमाडौंको विशालनगरमा आज आयोजित शिविरमा हिमाल डेन्टल अस्पताल र इन्टरप्लास्ट नेपालसँगको सहकार्यमा आयोजित शिविरमा ज्येष्ठ नागरिकको आधारभूत स्वास्थ्य परीक्षण, दन्त परीक्षण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको हो ।

शिविरमा जेरियाट्रिक (ज्येष्ठ नागरिक हेरचाह सेवा) चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए भने मनोसामाजिक परामर्शदाताले सहभागीलाई आवश्यक परामर्श र सहयोग प्रदान गरेका थिए ।

ज्येष्ठ नागरिकहरू जलनसम्बन्धी घटनाका दृष्टिले पनि संवेदनशील हुने भएकाले शिविरमा जलनबाट बच्ने उपाय तथा सुरक्षासम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा घरायसी दुर्घटनाबाट हुने जलन रोकथाम तथा जलन भइहालेमा अपनाउनुपर्ने प्राथमिक सावधानीबारे पनि जानकारी दिइएको थियो । जलनबाट हुने जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत संस्था इन्टरप्लास्ट नेपालले यस सचेतना अभिवृद्धि पहलमा सहकार्य गरेको छ ।

शिविरमा सहभागी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेहलगायत स्वास्थ्य समस्या बढी देखिएको जनाइएको छ । पुस्तान्तरण नेपालका अध्यक्ष प्रतिवेदन वैद्यले शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य तथा मनोसामाजिक अवस्थाबारे सचेतना अभिवृद्धि गर्न तथा आवश्यक सेवासँग उनिहरूलाई जोड्न सहयोग पुगेको बताए ।

सो संस्थाले हालैको रसुवागढी–बाढीबाट प्रभावित व्यक्ति, गैरआवासीय नेपाली (एनआरएन) तथा नेपाली प्रवासी र उनिहरूका परिवारका लागि विशेष सहुलियत तथा सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।