गृहपृष्ठ ओलीको तस्वीर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति
ओलीको तस्वीर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाइएको भन्दै एमालेको आपत्ति
नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर प्रयोग गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)बाट निर्मित भ्रामक, अनर्गल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा प्रसारित भइरहेको भन्दै आपत्ति जनाएको छ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरिएको जनाएका छन् ।
सामाजिक सञ्जामार्फत आचार्यले पार्टीले घटनालाई ‘अराजनीतिक, अनैतिक र आपराधिक’ क्रियाकलापको संज्ञा दिँदै त्यस्ता गतिविधिको घोर निन्दा एवं भर्त्सना गरेका छन् । ‘यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनी दिन्छौं,’ आचार्यले भनेका छन् ।
प्रकाशित समय : १८:०७ बजे


















