काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतबाट आइपुग्यो छैठौँ र सातौँ चरणको राहत सामग्री

1.79K
shares

काठमाडौँ । भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैठौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ ।

नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार राति छैठौँ र सातौँ चरणका राहत सामग्रीसहितका उडान काठमाडौँ आइपुगेका यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

राहत सामग्रीमा ‘फरेन्सिक किट’ र चिकित्सकीयसहित २१.५ टन राहत सामग्री रहेका छन् । उक्त सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जसले जारी नेपाली राहत तथा उद्धार प्रयासलाई थप सुदृढ बनाउन र भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न मद्दत गर्नेछ ।