गृहपृष्ठ नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

नेता आङ्देम्बेद्वारा बाढीमा बेपत्ताको खोजीलाई तीव्र बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी बाढीमा बेपत्ताको भएका नागरिकको खोजीलाई तीव्र बनाउन, पीडितलाई राहत दिन र विस्थापितलाई सुरक्षित बनाउन आग्रह गरेका छन।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले त्यसपछि सँगसँगै पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

नेता आङ्देम्बेले भने, “यो प्रचार गर्ने समय होइन । प्राण बचाउने समय हो । यो दोषारोपण गर्ने समय होइन । जिम्मेवारी पूरा गर्ने समय हो । यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन । राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो ।”

नेता आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको प्रभाकारी खोज तथा उद्धार गर्न, हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभावबाट सिक्न, उद्धारको पर्खाइमा पीडित परिवारका क्रन्दन सुन्न, सबै तहका सरकार, निजी क्षेत्र, समुदायसँग समन्वय गरेर सङ्घीय सरकारको नेतृत्वमा यो विपद्को सामना गर्न, शव खोजी, पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

साथै उनले राहत वितरणमा पारदर्शिता र सहजीकरण गर्न, पुनःस्थापना र पुनर्निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै यस्तो प्रकृतिको विपद्को तत्कालीन व्यवस्थापनदेखि दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण, विपद् जोखिम न्यूनीकरण, सरकारका कामको अनुगमन तथा आवश्यक मार्गनिर्देशनका लागि संसदीय उच्चस्तरीय विशेष समिति गठन गर्न आग्रह गरे।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु